पर्वत बाढीमा बेपत्ता कास्कीका पौडेलको शव स्याङ्जाकाे मिर्मिमा भेटियो

पाेखरा | असोज १६, २०८०

पर्वत बाढीमा बेपत्ता कास्कीका पौडेलको शव स्याङ्जाकाे मिर्मिमा भेटियो

पोखरा:   मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा शनिबार साँझ​ एक्कासी आएको बाढीमा बेपत्ता भएका कास्कीको माधव पौडेललेको शव स्याङ्जामा भेटिएको छ ।


बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासीआएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए । 


बाढीमा बेपत्ता भएका कास्कीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका विजय भनिने माधव पौडेलको शव आज बिहान स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । 


‘कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा शव भेटिएको खवरपछि हामीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएका थियौं’, खनालले भने, ‘पर्वत प्रहरीले परिवारलाई खवर गरेको थियो,परिवारले शव भेटिएको स्थानमा नै आएर सनाखत गर्नुभएको छ, शव पोष्टमार्टमपछि परिवारलाई बुझाउँछौं ।’


मृत भेटिएका पौडेल पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकाय चौथो वर्षमा अध्ययनरत थिए । 


बाढीमा गाडीसहित बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्यालको शव भने सोही दिन फेला परेको थियो । बाढीमा बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका ३ हिलका डम्मरबहादुर थापा भने अझै अज्ञात छन्  । 


जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी केशव केसीले घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी  र नेपाल आर्मीले खोजी कार्य जारी राखेको बताए । घटनाको भोलि पल्ट बाढीले बगाएको गाडीको केही भाग सुरक्षाकर्मीको टोलीले फेला पारेको थियो । 


 

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्